साताको दोस्रो कारोबार दिन सेयर बजारमा उतारचढाव देखिएको छ। सोमबार कारोबारका क्रममा NEPSE Index २६.०७ अंकले घटेर २७९८.८३ बिन्दुमा बन्द भएको छ। सूचकसँगै बजारको कारोबार रकममा पनि कमी आएको देखिएको छ।
आज ३४५ वटा कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ४८ कम्पनीको सेयर मूल्य बढेको थियो भने ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबारका क्रममा Salapa Bikas Bank, Reliance Spinning Mills, Upper Hewakhola Hydropower र Solukhola Hydropower का सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै Hotel Forest Inn को सेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भएको छ।
उपसूचकतर्फ उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहमा गिरावट देखिएको छ। यस दिन वाणिज्य बैंक समूह १.६१ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत र अन्य समूह १.०९ प्रतिशतले घटेका छन्।