एक लाखले शेयर पाउने आइपीओमा १५ लाखको आवेदन

काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख बढीको आवेदन परेको छ ।

कम्पनीको आईपीओ आइतबार साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हुन आउँछ ।

प्रतिक्रिया