नेपाल पुनर्बीमा कम्पनीले १००% हकप्रद शेयर जारी गर्ने

काठमाडौँ — नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको साउन १४ गते बुधबार बसेको ५७० औं सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले बीमा प्राधिकरणको २०८१ पुस २५ गतेको निर्देशनअनुसार पूँजी वृद्धि गर्न लागेको हो। निर्देशनअनुसार कम्पनीले २०८२ माघ मसान्तभित्र पूँजी वृद्धि सम्पन्न गर्नुपर्नेछ।

पुनर्बीमा सीमा कायम राख्न, व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउने उद्देश्यसहित अर्थ मन्त्रालयको स्वीकृति लिएर शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको हो।

यो हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सार्वजनिक रूपमा जारी गरिनेछ।

प्रतिक्रिया