काठमाडौं - बस बस पियारी बोलको गीतबाट सबै माझ चर्चामा आएका युवा गायक तथा सर्जक बद्री सापकोटाको नयाँ गीत स्यामुनानिलाई भर्खर मात्र सार्वजनिक भएको छ । यो वर्षको लागि सार्वजनिक गरेको उनको तीज गीतलाई दर्शक स्रोताले समेत निकै मन् पराएका छन् ।
बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘स्यामुनानिलाई’ बद्री आफैले लय तथा शब्द सिर्जना गरेका छन् ।
सो गीतको म्युजिक भिडिओमा अभिनय लोकप्रिय गायक, सर्जक मोडल अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, आयुस कुँवरको रहेको छ। भिडिओको निर्देशन चर्चित निर्देशक काजीस श्रेष्ठले गरेका छन्।
गीत सार्वजनिक भएपछि सबै बाट राम्रो प्रतिक्रियाहरू आइरहेको सापकोटाले हामीलाई बताउनु भयो ।