साउथ इन्डियन चलचित्रमा जस्तो नृत्यसहित निर्देशक प्रकाश भट्टको "सासु बजै" सार्वजनिक

काठमाडौं । प्रायः भारतीय चलचित्रहरूमा हामीले धेरै कोरसले आकर्षक नृत्य गरेको गीतहरू देख्ने गरेका छौं। पछिल्लो समय नेपाली निर्देशकहरूले पनि त्यसको झल्को दिनेगरी नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्।

यसैबीच, चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको नयाँ तीज गीत "सासु बजै" भर्खरै सार्वजनिक भएको छ। गीतमा गायक खेम सेञ्चुरीसहित ६० जना कोरसले आकर्षक नृत्य गरेका छन्। यो वर्ष सार्वजनिक भएका तीजका गीतहरूमध्ये उत्कृष्ट गीतमध्ये यो पनि एक मान्न सकिन्छ।

खेम सेञ्चुरीको लय, शब्द तथा आवाज रहेको सो गीतमा एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने लुनिभा तुलाधर, खेम सेञ्चुरी र लल्लन चिमोरियाले अभिनय गरेका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले निकै चर्चा पाएको छ।

 

प्रतिक्रिया