काठमाण्डौ - सत्ताबाट बाहिरिन परेको पीडामा ओली निकास युवा संघले सडक तताइरहेको छ ।
आफ्नै नेता माधव नेपाल माथि चर्को नाराबाजी गरिरहेका युवाहरुले अदालतलाई पनि आलोचना गर्न छोडेका छैन ।
अरूलाई अनुशासन र सभ्यताको पाठ पठाउने ओलीले आफ्ना कार्यकर्ताहरूले सुन्नै नसकिने नारा लगाउँदै भनेँ केही प्रतिक्रिया दिएका छैन ।
यसै बीच युवा संघले हिजो मुखौटा लगाएर देउवा सरकारलाई विश्वासको मत दिनेलाई जङ्गलीको संकेत गरे । नारा बाजी सहित सडकमा उत्रिएका उनहीहरुको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भए । तर यसले उल्टै उनीहरूकै आलोचन भयो ।
सामाजिक संजालमा तस्बिर शेयर गर्ने अधिकांसले उनीहरूकै चर्को आलोचना गरेर बद्नाम गराउँदा आफ्नो उल्टै इज्जत गएको प्रतिक्रिया दिएका छन् ।