हिमालयन डिस्टिलरीको लाभांश घोषणा,लगानीकर्ता मख्ख

काठमाण्डौ । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।


कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

प्रतिक्रिया