काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीबद्ध कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची प्रकाशित गरेको हो।
कार्यविधिको दफा ९(१) को व्यवस्था अनुसार तयार गरिएको यो सूचीमा रहेका कम्पनीहरूको सेयर राखेर अब लगानीकर्ताहरूले मार्जिन कारोबार सुविधा लिन सक्नेछन्। नेप्सेले सार्वजनिक गरेको सूची अनुसार हाल १०२ कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।