हिमालयन रिइन्सुरेन्सलाई भारतमा व्यवसाय गर्न बाटो खुल्यो, उत्साहित लगानीकर्ता

काठमाण्डौं । भर्खर मात्र प्राथमिक सेयर निष्कासन गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्सुरेन्स कम्पनीलाई भारतमा व्यवसाय विस्तार गर्ने बाटो खुलेको छ।

यो सँगै यस कम्पनीका लगानीकर्ताहरु समेत उत्साहित बनेका छन्। हिमालयन रिइन्सुरेन्स निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो बीमा कम्पनी हो।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुलेको हो ।

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

व्यवसाय विस्तारको स्वीकृति पाएको खबरसँगै हिमालयन रिइन्सुरेन्सका लगानीकर्ताहरू भने हर्षित बनेका छन्। उनीहरूको भनाइ छ यसले कम्पनीलाई दिगो बनाउनको लागि कोसे ढुङ्गाको भूमिका खेल्नेछ।

प्रतिक्रिया