निरन्तर उकालो लागेको शेयर बजारमा ब्रेक,कारोबार रकम १ अर्ब पनि पुगेन

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक १६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९२२ विन्दुमा आएको छ । यो साता लगातार नेप्से बढे पनि अन्तिम दिन कारोबार रकम र नेप्से दुवैमा गिरावट  आएको हो । 

आज २२० कम्पनीहरूको ८९ करोडको मात्र शेयर किनबेच भएको छ । कारोबार भएका मध्य २२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेर कारोबार भएको छ । आज एभरेष्ट बैंकको शेयर सबै भन्दा धेरै किनबेच भएको छ । 

आज बीमा उपसमूह बाहेक अरु सबै उपसमूह घटेका छन । यो बिचमा शेयर बजार अङ्कले उकालो लागेसँगै लगानीकर्ताहरूले प्रोफिट बुक गरेका कारण आज नेप्से घटेको जानकारहरूको भनाइ छ । 

प्रतिक्रिया