माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीले २५ करोडको आइपीओ जारी गर्ने

काठमाडौं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्काशन गर्नेछ ।

कम्पनीले यसअघि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया