यी ८ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत ८ कम्पनीको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने भएका छ। गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ कम्पनीले भालि बुधबार बुक क्लोज गर्दैछन्। जसले गर्दा आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्। 

 

काठमाडौं - पुस २० गते साधारणसभा प्रयोजनको लागि ११ वटा कम्पनीले शेयरधनी किताब बन्द गर्दै छन् तर ती मध्ये ३ वटाले भने विना लाभांश नै साधारणसभा बोलाएका छन्।

बोटलर्स नेपालका दुबै कम्पनी

 

बुधबार बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराइले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि शेयरधनी किताब बन्द गर्दै छन्। 

 

बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने बोटलर्स नेपाल तराइले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। 

 

हिमालयन डिस्टिलरी

 

हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको लागि बुधबार बुकक्लोज गर्दै छ। आजसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन्। 

 

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ।  

 

शिवम् सिमेन्ट

 

शिवम् सिमेन्टले पनि गत आर्थिक वर्षको कमाइबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। 

 

कम्पनीले लाभांश वितरणको लागि पुस २९ गत कम्पनीको सातौ वार्षिक साधारणसभा बोलाएको । 

 

गुँरास लघुवित्त

 

गुँरास लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यसको लागि पुस २० गते बुकक्लोज गर्न लागेको हो। आज सम्म कायम शेयरधनीले उक्त लाभांश पाउन छन्। 

 

कम्पनीले लाभांश वितरण गर्न पुस ३० गते सातौ वार्षिक साधारणसभा बोलाएको छ। 

 

मुक्तिनाथ विकास बैंक

 

मुक्तिनाथ विकास बैंकले १३.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आजसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन्। 

 

लाभांश वितरणको लागि कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ। 

 

साधना लघुवित्त

 

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ। उक्त लाभांश आजसम्म कायम शेयरधनीले मात्रै पाउन छन्। 

 

लाभांश वितरणका लागि कम्पनीले पुस ३० गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ। 

 

मिर्मिरे लघुवित्त

 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका कमाइबाट २३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश वितरणका लागि पुस २० गते बुकक्लोज गर्दै छ यसले गर्दा मंगलबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्।

 

लाभांश वितरणका लागि कम्पनले पुस ३० गते १२ औ वार्षिक साधारणसभा बोलाएको छ। 

 

यसबाहेक सिनर्जी पावर, मल्टिपर्पस फाइनान्स र इष्टर्न हाइड्रोपावरले पनि साधारणसभा प्रयोजनको लागि पुस २० गते बुकक्लोज गर्दै छन्। पुस १९ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्। यी तीन कम्पनीले शेयरधनीलाई प्रस्ताव गर्ने लाभांश भने प्रस्ताव गरेका छैनन्। 

 

 

 

प्रतिक्रिया