सहकारीकर्मीलाई ठगेर पक्राउ परेपछि सिभिल बैंकका अध्यक्ष तामाङको पद के हुन्छ ?


काठमाडौं–सहकारीका सदस्यको निक्षेप फिर्ता नगरेर ठगीको आरोपमा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् ।  सिभिल सहकारीले बचतकर्ताको पौने ७१ करोड रुपैयाँ पैसा नदिएको आरोपमा तामाङलाई प्रकाउ गरेको हो । सहकारीका १३७ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ठगी आरोपमा प्रकाउ परेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सिभिल बैंकको अध्यक्ष पद जाने देखिएको छ । सहकारीको ठगी आरोपमा तामाङ प्रकाउ परेपनि बैंकको व्यवस्थापन र काममा भने असर हुँदैन । बैंकमा रहेको निक्षेप पूर्णरुपमा सुरक्षित छ ।


अहिलेपनि सिभिल बैंकमा ठूला सेयरधनीमा तामाङ पर्छन् । सिभिल बैंकका सञ्चालक तथा उच्चव्यवस्थापन समूहमा रहेका कर्मचारीले तामाङ ठगीको आरोपमा प्रकाउ परेपछि नैतिकताको आधारमा नै राजीनामा दिनुपर्ने बताएका छन् । ‘ठगीको आरोप लागेपछि नैतिक रुपमा बैंकको अध्यक्ष पदमा बस्न मिल्दैन केही दिनभित्रमा राजीनामा आउने छ,’ बैंकका एक सञ्चालकले भने ।


सिभिल बैंकका अरु लगानीकर्ताले तामाङलाई पहिले नै अध्यक्ष पद छाड्न सुझाव दिएका थिए । तामाङको अरु व्यवसायमा भएको अव्यवस्थापनले सिभिल बैंकलाई असर गर्न सक्ने चेतावनी सेयरधनीले दिएका थिए । 

प्रतिक्रिया