काठमाडौँ — अबदेखि सेयर कारोबारका लागि खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेन्जले सबै कारोबार सदस्यहरुलाई नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर लिन अनिवार्य गरेको हो।
यसअघि नागरिकता प्रमाणपत्रको आधारमा केवाईसी फारम भर्ने व्यवस्था थियो। अब भने ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गरेर केवाईसी विवरण भर्नुपर्नेछ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिले नै खाता खोली कारोबार व्यवस्थापन प्रणाली (TMS) प्रयोग गरिरहेका ग्राहकहरूलाई पनि राष्ट्रिय परिचयपत्र नम्बर पेश गर्न आग्रह गरेको छ।