नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले उक्लिएको छ । यस दिन नेप्से परिसूचक १११.७५ अंकले बढ्दै २ हजार ७७२.९८ अंकमा पुगेर बन्द भएको छ । कारोबारको क्रममा परिसूचक २ हजार ७७९.३९ अंकसम्म पुगेको थियो ।

आजको बजारमा अधिकांश समूहमा सुधार देखिएको छ । अन्य शीर्षक समूह १७.२७ अंकले र म्युचुअल फन्ड ०.०९ अंकले घटे पनि बाँकी सबै समूहमा हरियाली छाएको हो । समूहगत बढोत्तरीमा व्यापार समूह अग्रपंक्तिमा रह्यो, जसले १.६१ प्रतिशतले वृद्धि गर्‍यो । जलविद्युत समूह पनि १.०७ प्रतिशतले बढेको छ ।

बजार सूचक बलियो भए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ७ अर्ब नाघेको कारोबार रकम सोमबार सवा ६ अर्बमा सीमित रह्यो । आज ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया