सोमबारपनि सुनचाँदीको मूल्य वृद्धि

काठमाडौंँ - सुनचाँदीको भाउ हरेक दिनजसो घटबढ भइरहेको छ । सोही क्रममा सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । जेठ २३ गते सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।

आइतबार भने सुनको भाउमा गिरावट आएको थियो । सो दिन सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि महंगिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९० रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला १५ रुपैयाँले नै घट्दा एक हजार २७५ रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया