साताको अन्तिम दिन घट्यो सुनको मूल्य

काठमाडौंं - साताको अन्तिम कारोबार दिन, सुनको मूल्य सस्तिएको छ । भदौ १७ गते, सुन तोलामा १०० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य भने महंगिएको छ ।

सुनको मूल्य निरन्तर तेश्रो दिन गिरावट भएको हो । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ ।

बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने महंगिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३० रुपैयाँले सस्तिएर एक हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया