नाडाको अध्यक्ष चौधरीलाई बनाउने सहमति

काठमाडौं-अटो मोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध अध्यक्ष बन्ने भएका छन् । चौधरी समूहका करणलाई सर्वसम्मत अध्यक्ष बनाउन अन्य प्रतिस्पर्धी सहमत भएका छन् ।

गोल्छा अर्गनाइजेशनका आकाश गोल्छा र प्रकाश कपुरी अध्यक्ष बन्ने दौडमा रहे पनि चौधरीलाई अध्यक्ष बनाउन दुबै सहमत भएका हुन् । नाडाको साधारण सभा तथा अधिवेशन पुस २० र २१ गते हुँदैछ । अहिले चौधरी अध्यक्ष बन्ने र २ वर्षपछिकोे साधारण सभाबाट गोल्छालाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने सहमति भएको छ । चौधरी अघिल्लो साधारण सभाका नाडाको निर्वाचनमा अहिलेका अध्यक्ष धु्रुब थापासँग पराजित भएका थिए ।

प्रतिक्रिया