चर्चित बाल गायिका दिपिका कँडेलले जापानको क्योतोमा पहिलो सांगीतिक प्रस्तुति दिने

काठमाडौं । सानै उमेरदेखि नेपाली गीत-संगीतमा एक दर्जनभन्दा धेरै गीतमा काम गरिसकेकी बाल गायिका दिपिका कँडेलले जापानको क्योतोमा आयोजना हुन लागेको "क्योतो तीज फेस्टिवल" मा आफ्नो पहिलो सांगीतिक प्रस्तुति दिने भएकी छन्।

जापानमा बस्ने नेपालीहरूको संस्था क्योतो नेपाली कम्युनिटी परिवारले यही अगस्ट ३१ तारिख आयोजना गरेको सांगीतिक कार्यक्रममा उनी सहभागी हुने छिन्। कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरू नरेश खाती, काजल गुरुङ, कुलवीर थापा, मनिषा ओली लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिने संस्थाले जनाएको छ।

सांगीतिक क्षेत्रमा वामे सर्दै गरेको आफूलाई यस्ता सांगीतिक कार्यक्रमहरूले धेरै हौसला प्रदान गर्ने बाल गायिका दिपिका कँडेलले बताइन्।

प्रतिक्रिया