सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सुधार देखिएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको नेप्से परिसूचक यस दिन भने उल्लेखनीय रूपमा बढेर २८०० विन्दुभन्दा माथि पुगेको छ ।

यस दिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ५.७५ अंकले बढ्दा फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले उकालो लागेको छ ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ । मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३४६ कम्पनीका ९८ हजार १६२ पटकका कारोबारमार्फत ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस अवधिमा १ करोड ८८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यस दिन ७ कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयरमा उच्च वृद्धि देखिएको हो । त्यस्तै, सान्भि इनर्जीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी र बन्दीपुर केबलकार एण्ड टुरिजमको ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य सर्वाधिक ४.३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा उक्त कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बजारका सबै १३ उपसमूहमा वृद्धि देखिएको छ । उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक ३.८७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन र जलविद्युत उपसमूहमा पनि उल्लेखनीय सुधार देखिएको छ । बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहमा १ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया