दुई पर्वते पन्त र सापकोटाको नयाँ गीत आयो दशै तिहार - भिडियो सहित

काठमाण्डो । लोकप्रिय गायक कस्तुप पन्त र देवी घर्तिको आवाजमा नयाँ दशै विशेष गीत सार्वजनिक भएको छ  । 

उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा कस्तुप पन्तको शब्द सिर्जना रहेको छ भने केशव सापकोटाको लय सिर्जना रहेको छ । 

गरिव दुखिको चाडपर्वले पार्ने प्रभावको विषयमा गीतमा उठाइएको छ । सिर्जन बरालको निर्देशन रहेको सो गीतमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय रहेको छ । बाल कलाकार आश्चर्य पन्त समेत अभिनय देख्न सकिन्छ । 

जनता डिजिटलले बजार ब्यवस्थापन गरेको गीत सार्वजनिक  भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको गायक पन्तले हामीलाई बताउनु भयो । 

 

प्रतिक्रिया