असारमा बैंकको ब्याजदर यथावत रहने,शेयर बजारलाई फाइदा होला त ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनाको लागि ब्याजदर स्थिर राख्ने सहमती गरेका छन । व्याजदर बढाउदा पनि बचत संकलनमा खासै प्रगती नभएपछि बैंकले स्थितर राख्ने सहमतीमा पुगेका हुन । 


अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। अहिले ब्याजदर बढाउने अवस्था नदेखिएकोले यथार्थ बस्ने सहमती भएको हो । 

बैंकहरुले गत फागुन यता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर नबढाउने पक्षमा देखिएका हुन्।

फागुनदेखि नै बैंकहरुले मुद्दती निक्षेपमा ११।०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। आगामी महिना पनि बैंकहरुले यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

बैंकहरुले विगतमा निक्षेपमा बढाएको ब्याजदरले गर्दा उनीहरुको लागत निकै बढेको छ। यसले गर्दा आधार दर बढेर दोहोरो अंक नजिक पुगिसकेको छ। यसको असर बैंकहरुको कर्जाको ब्याजदरमा देखिन्छ। अहिले बैंकहरुको कर्जाको औसत ब्याजदर नै ११।४३ प्रतिशत पुगेको छ।

शेयर बजारमा यसको प्रभाव कस्तो पर्ला ?

ब्याजर बढ्नु पनि शेयर बजारको लागि त्यति राम्रो मानिदैन । यसो त अहिलेको मुख्य समस्या भनेको तरलता अभाव हो । यदि ब्याजदर बढ्दा तरलता बढ्यो भने त्यसले शेयर बजारमा फाइदा नै पुग्छ यदि बचत बढेन भने त्यसले शेयर बजारमा नकरात्मक असर पर्छ । 

समग्रमा हेर्दा शेयर बजारले ब्याजदर स्थिर रहनुलाई राम्रो संकेतको रुपमा लिने देखिन्छ । 

प्रतिक्रिया