काठमाडौँ – सञ्चार क्षेत्र र गीतसंगीतको क्षेत्रमा सफलताको उचाइतर्फ लगिरहेका सञ्चारकर्मी कृष्ण सुवेदीको यो वर्षको लागि नयाँ तीज गीत 'भोलि बमबम' सार्वजनिक भएको छ।
नेपाली हिन्दुहरूको महान पर्व हरितालिकालाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहेका छन्। यसै सन्दर्भमा सुवेदीले पनि 'भोलि बमबम' बोलको नयाँ गीत सार्वजनिक गरेका हुन्।
सुवेदी स्वयंकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा उनलाई आवाजमा अहिलेकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्। गीतको संगीत संयोजन विश्वास नेपालले गरेका हुन् भने गीतलाई अडियो र भिडियो मार्फत निकै उत्कृष्ट बनाउन खोजिएको छ।
होम गुरुङको निर्देशन रहेको सो गीतमा शारदा, सृष्टि विश्वकर्मा, आरुसी कार्की, र रिदम थापाको अभिनय रहेको छ। गीतलाई कृष्ण सुवेदी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।