काठमाडौं । सर्जक तथा गायक राजन कार्कीको गीत सार्वजनिक भएको छोटो समयमै व्यापक चर्चा पाउन सफल भएको छ । गीतले २४ घण्टामै सामाजिक संजाल लगाएत युट्युवमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छु ।
माया प्रेमलाई विषय बनाएर तयार पारिएको सो गीतको लय शब्द र भिडियो उत्कृष्ट रहेको छ ।
उक्त गीतमा शब्द तथा लय राजन कार्कीकै रहेको छ भने स्वरमा शान्ती श्री परियारले साथ दिएकी छन् । निर्देशन विशाल घिमिरेले गरेका हुन् । गीतमा देवेन्द्र बव्लु र लक्ष्मी थापाको अभिनय देख्न सकिन्छ भने बाल कलाकार अग्रता कार्कीसमेत समावेश छिन् । संगीत संयोजन पूर्ण संयोगले गरेका हुन् ।
गीत सार्वजनिक भएपछि हामी संग कुरा गर्दै गायक कार्कीले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनुभयो।