काठमाडाैं - आइतबार काठमाडौँमा शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले उकालो लाग्दै २६५३.५८ विन्दुमा पुगेको छ, जसले २.१५ प्रतिशतको वृद्धिलाई जनाउँछ।
दशैं अघि पैसा पाउनको लागि शेयर बेच्नेको संख्या बढेकाले पनि बजारमा सकारात्मक असर परेको देखिएको छ। आइतबार ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड ५० लाखभन्दा बढी कित्ता शेयरको कारोबार भएको छ।
२१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ। दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रि-ओपन सेसनमा सामान्य वृद्धि देखिएको बजारमा केही समय रातो संकेत भए पनि अन्त्यसम्म नेप्से ५६ अंकले बढेको छ। सबै समूहमा हरियाली छाएको छ।
फाइनान्स समूहमा सबैभन्दा ठूलो ६.३० प्रतिशतको वृद्धि भएको छ भने म्यूचुअल फण्ड समूहमा ०.१८ प्रतिशतले थोरै वृद्धि भएको छ। वाणिज्य बैंक, विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त लगायतका समूहमा पनि राम्रो वृद्धि देखिएको छ।