काठमाण्डौ । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८।७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद लाभांश गरि कुल २०।६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद लाभांश गरि कुल २०।६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।