सगरमाथा जलविद्युतको आईपीओमा १४ लाख बढीको आवेदन

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको ४.४८ गुणा बढी हो ।

प्रतिक्रिया