काठमाडौं । केही दिनदेखि ओरालो लागेको बजार मंगलबार र बुधबार भने उकालो लागेको छ । साताको चौथो दिन आएर शेयर बजारमा छलाङ आएको हो ।
बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नैप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नैप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुदाँ ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको काराबोर भएको थियो ।
नेप्सेमा आकर्षक सुधार आउँदा नबिल बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड ५१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ
त्यस्तै, गोर्खास फाइनान्सको ४ करोड ५७ लाख ७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार रुपैयाँ, अपी पावरको ४ करोड २९ लाख ६८ हजार रुपैयाँ र हिमायन डिस्टलरीको ३ करोड ९२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।