काठमाडौं। लगातारको उछालपछि आज नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम उत्साहजनक रहेको छ।
आज परिसूचक २७ अंकले घटेर समग्र सूचक २५३६ विन्दुमा आएको छ। १६ अर्ब २० करोडभन्दा धेरैको शेयर किनबेच भएको छ। कारोबार भएका ३११ कम्पनीहरूमध्ये ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने हिमालयन रिइन्स्युरेन्सको शेयर सबैभन्दा धेरै किनबेच भएको छ।
सबै उपसूचक घटेर रातो हुँदा फाइनान्स र होटल उपसमूहमा हरियाली कायम छ। व्यापार र जलविद्युत उपसमूह सबैभन्दा धेरै दबावमा रहेको छ।
लगातारको बजार उछालपछि आएको करेक्सन स्वाभाविक भएको कतिपयको बुझाइ छ। नयाँ सरकार गठन भएसँगै नेप्सेमा निरन्तर हरियाली देखिएको थियो।