साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज एकै दिन १५ रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ शुक्रबारको तुलनामा १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया