३५ सय सवारी साधन भन्सारमा रोकिए


काठमाडौं– मुलुकको आर्थिक अवस्थाको कारण सवारी साधन बिक्री नभए पछि करिब ३५ सय सवारी साधन भन्सारमा रोकिएका छन् । वीरगन्ज भन्सार र भैरहवाको भन्सार याडमा करिब ३५ सय वटाभन्दा बढी सानाठूला सवारी थन्किएका छन् ।


वीरगञ्ज भन्सारको याडमा १५ सयभन्दा र भैरहवा भन्सारको याडमा २ हजारभन्दा बढी सवारीसाधन जाँचपास हुन नसकेर रोएिका हुन् । लामो सयमदेखि भन्सार याडमा रहेका सवारी जाँचपास गराउन भन्सारले दबाब दिन थालेको छ । व्यापार नहुने भएकाले व्यापारीले भन्सार जाँचापासमा चासो नेदाए पछि भन्सारले जाँचपास गर्न आग्रह गरेको हो ।


बैंकले कर्जा दिन कसिलो नीति लिएपछि ‘विलासी’ मानिने कारको व्यापार पनि नगन्य संख्यामा भइरहेको छ । विद्युतीय कारको व्यापार तुलनात्मक रुपमा राम्रो भएपनि पेट्रोलियम इन्जिनयुक्त कारको बिक्री निक्कै सानो संख्यामा भइरहेको छ । मोटरसाइकल तथा स्कुटरको व्यापार पनि नराम्ररी प्रभावित भएको छ।  


भन्सार कार्यालयले सवारीसाधनसहित अन्य सामान जाँचपास गराउन सूचना जारी गरेपछि अटोमोबाइल व्यवसायीहरूले भन्सार विभागको महानिर्देशकसँग छलफल गरिसकेका छन्  विभागले सूचना जारी भएको समयबाट व्यवसायीको आग्रहमा एक महिना मौखिक रुपमा समय थप गरिदिएको व्यवसायीहरूलाई बताइएको थियो । 

प्रतिक्रिया