तीन दर्जन कम्पनी आइपीओको लाइनमा,प्रिमियममा शेयर निष्कासन गर्दै सागर डिस्टिलरी

काठमाडाैं - दुई दर्जन हाइड्रोलगायत तीन दर्जन कम्पनीहरू अहिले प्राथमिक सेयर निष्कासनको सूचीमा छन्। धितोपत्र बोर्डमा प्रमुख नहुँदा सम्पूर्ण कामहरू रोकिएका छन्। 

बोर्डको अध्यक्ष चयन प्रक्रिया बीच बाटोमा रोकिएको छ साथै अनिश्चित समेत बनेको छ। सर्टलिस्टमा परेका पाँचजना व्यक्तिहरू विवादित व्यक्ति भएको भन्दै अर्थमन्त्री वर्षमान पुनले पुनर्विचार गर्न आग्रह गरेसँगै धित्तपत्र बोर्डले अध्यक्ष पाउने अनिश्चित बनेको हो। 

धितोपत्र बोर्डमा आइपिओ थन्किरहे पनि आइपिओ निष्कासन गर्ने कम्पनीहरू भने एकपछि अर्को थपिँदै गइरहेका छन्। यसै बीच सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा सो सभा बोलाएको हो। सो सभा बेलुका ४ बजे शुरु हुनेछ।

सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया