शिखर इन्सुरेन्सको शेयर निष्कासन मिति तय,सबैले आवेदन दिन मिल्छ कि मिल्दैन ?

काठमाडौं -  शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको साखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने । यस्तै, शिखर इन्सुरेन्सको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ । 

शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३०% हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया