नवलपुर — गैंडाकोट नगरपालिका–३ स्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मृतकहरू चितवनको भरतपुर महानगरपालिका–८ निवासी १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ निवासी १६ वर्षीय शिशिर पन्त हुन्।
सोमबार बिहान साथीसहित जुक्तिखोला पुगेका उनीहरू पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए। अन्य साथीहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको छ।