विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त


काठमाडौं–सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन् । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ । तर, मन्त्रिपरिषद्को उक्त निर्णय हालसम्म गोप्य राखिएको छ ।


मन्त्रिपरिषद्बाट निर्णय भए पनि घिसिङले नियुक्तिपत्र पाएका छैनन् । उनलाई आजै पदबहाली गराउने तयारी गरिए पनि नियुक्तिपत्र तयार नभएका कारण रोकिएको बताइएको छ । सम्भवतः भोलि (बुधबार) घिसिङले पदबहाली गर्ने छन् ।
 

प्रतिक्रिया