आइपीओ मा आकर्षण पहिलो दिनमै पर्यो ३३ करोड आवेदन

काठमाडौं । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ३ गते) साँझ ४ः०४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा ३.७६ गुणा बढी आवेदन हो ।

कम्पनीले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आजदेखि निष्काशन भएको हो ।

सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया