लगानीको अवसर - अर्को नयाँ जलविद्युत् कम्पनीले पनि आइपीओ ल्याउने पक्का

काठमाडौं - श्रावण महिना आइपीओ को महिना भनेर समेत चर्चा भइरहेको छ । यो महिना मात्र ३ कम्पनीले शेयर निश्काशन गर्ने पक्का भएको छ भने अन्य आधा दर्जन कम्पनीले शेयर निष्काशनको लागि अनुमति पाएका छन् । 

 यसै बीच सुपरमाई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभाबाट आइपीओ निष्कासन गर्ने पक्का गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ११.५०% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै, आइपीओ निष्कासन गर्ने एजेन्डामा पनि छलफल हुनेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । अन्य यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

कम्पनीले हाल इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया