काठमाडौं । गायक भागिरथ तलाउनेको तीज गीत उत्कृष्टको २ नम्वरमा आउन सफल भएको छ । गीतले चार लाख भन्दा धेरै दर्शक बनाउदै चर्चामा आएको छ ।
गीतलाई सामाजिक सञ्जाल टिकटकमा मा एक लाख भन्दा धेरै भिडियो बनाइएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको उनको पछिल्लो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।
गीतलाई कुशल निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाको अभिनय रहेको छ ।