काठमाडौं, असार २५स् करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्छ भनेर नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका छन्।
सार्वजनिक लेखा समितिले यसअघि दिएका केही निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने भएकोले आइपिओको स्वीकृतिको प्रक्रियामा केही समय लाग्न सक्छ उनले बताए।
लेखा समितिको निर्देशनअनुसार धितोपत्र बोर्डले मापदण्ड पुगेका र नपुगेका कम्पनीहरूलाई अलग्याएर हेरिरहेको छ।
अहिले धितोपत्र बोर्डमा २७ अर्ब ९२ करोड रूपैयाँको आइपिओ अनुमति प्रक्रियामा छन्। यसरी अनुमति माग्ने ३५ वटा कम्पनीमा चार वटा कम्पनीले मात्रै प्रिमियम मूल्यमा सेयर जारी गर्ने गरी अनुमति मागेका छन्।
बाँकी २९ वटा ९रिलायन्स स्पिनिङ बाहेक० ले अंकित मूल्यमै सेयर जारी गर्ने गरी अनुमति मागेका छन्।