हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँड आवेदन दिने सबैले पाए शेयर

काठमाण्डौं - हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाड भएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा भएको छ । 

स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता शेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ। जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको थियो । 

आइपीओमा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन दिने सबैले शेयर पाएका छन् । 

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले मंसिर २७ गतेबाट आज (पुस २ गते) सम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो। 

प्रतिक्रिया