रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - साताको ५ दिन एकोहोरो घटेको शेयर बजार अन्तिम दिन बिहीबार भने दोहोरो अंकले बढेको छ । नेप्से सँगै कारोबार रकम पनि केही सुधार आएको छ ।
आज नेप्से ३५ अंक भन्दा धेरैले बढेर समग्र बजार २४६४ बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १७४ कम्पनीको शेयर मूल्य बढ्यो छ साथै १७ कम्पनीको शेयर मूल्य भए घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज २ अर्ब १२ करोडको शेयर खरिद बिक्री भएको छ भने नविल बैंकको शेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य धेरैले घटेको छ ।