काठमाण्डौ । साताको अन्तिम दिन नेप्से १८ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३१८० विन्दुमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने आज फेरी २० अर्व ४९ माथि पुगेको छ । आज कारोबार भएका मध्य विकास बैक र जलविद्युत उपसमूह उपसूचक सबै भन्दा धेरै घटेको छ । त्यस्तै निर्जिवन र वीमा समूह सबै भन्दा धेरै बढेर कारोबार भएको छ ।
आज कारोबार भएका मध्य १२२ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ जलविद्युत कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । ६१ कम्पनीहरुको शेयर मूल्य बढ्दा जीवन विकास लद्युवित्तको शेयर मूल्यमा मात्र सर्किट लागेर कारोबार भएको छ । आज २२९ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।