गणेश अधिकारीको नयाँ गीत चर्चामा, टिकटकमा हजारौं भिडियो

काठमाडौं - लोकप्रिय गायक तथा कुसल सर्जक गणेश अधिकारीले आवाज दिएको पछिल्लो गीत " चिट्ठी खाममा छ" भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको राम्रो साथ पाइरहेको छ । 

गीतलाई धेरैले Tiktok मा आफ्नो भिडियो बनाएका छन् । गीतलाई अधिकारी आफैंले लय तथा शब्द सिर्जना गरेका छन् भने आवाजमा उनलाई सपना रोकाले साथ दिएकी छ । माया प्रमेलाई विषय बनाई तयार पारिएका गीतका धेरै दुक्का सामाजिक सञ्जालमा भाइरल छन् । 

गीतको म्युजिक भिडियो समेत राम्रो बनाइएको छ । काजिस श्रेष्ठले निर्देशन गरेको गीतमा काजिस् श्रेष्ठ,लोमस शर्मा,गीत ढुङ्गाना यसु भट्टराईको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया आइरहेको दीपिका म्युजिकका सञ्चालक दीपक कँडेलले बताउनु भयो । 

 

प्रतिक्रिया