काठमाडौं - सर्वोत्तम सिमेन्टको प्रीमियममा आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओको लागि अनुमति दिए सँगै शेयर निष्कासन हुने पक्का भएको हो ।
अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।
अरू कम्पनीको प्राथमिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा प्रतिकित्ता ३६०.९० का दरले ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ।
बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।