शान्ती श्रीको 'खुरापाती साथी' को रहस्य खुल्दै (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेकी गायिका शान्ती श्री परियारले आफ्नै लगानीमा तयार पारेको नयाँ गीत "साथी खुरापाती" सार्वजनिक गरेकी छिन्। उत्कृष्ट अडियो र दमदार भिडियो सहितको यो गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

गीतमा साथीभाइबाट पाएको चोटपटक र पीडालाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। राजु सुनामले गीतको शब्द तथा संगीत सिर्जना गरेका छन् भने संगीत संयोजन पनि उनले नै गरेका हुन्।

गीतको अर्को विशेष पक्ष भनेको यसको भिडियो रहेको छ। मौषम हिमालीको निर्देशनमा तयार भएको भिडियोलाई उत्कृष्ट मानिएको छ। भिडियोमा अञ्जली अधिकारी, नविना शिलवाल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

 

 

प्रतिक्रिया