एशियन लाइफका शेयरधनीलाई मालामाल, बम्पर बोनश सेयर दिने


काठमाडौं–बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन् । यसैबीच, एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई बम्बर लाभांश दिने भएको छ । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद सहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।


कम्पनीले गत साउन ३१ गते सम्पन्न गर्ने १२ औ साधारणसभामा आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश दिएको थिएन । यस पटक भने  आर्थिक वर्ष २०७४÷२०७५, २०७५÷२०७६ र २०७६÷२०७७ सम्मको सञ्चित मुनाफाबाट एकै पटक २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।


हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनश शेयर अर्थात ५० करोड २६ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । संचालक समितिले प्रस्ताव गरेको बोनश शेयर र लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र बितरण हुनेछ।
 

प्रतिक्रिया