महालक्ष्मी इन्स्योरेन्सको ६० करोडको आईपीओ निष्कासन कहिले ?


काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँको आईपीको निष्कासन गर्ने बाटो खुलेको छ । बीमा समितिले महालक्ष्मीको आर्थिक वर्ष २०७६÷७७ को ‘एक्चुअरी भ्यालुएसन’ स्वीकृत गरेको छ । एक्चुअरी  भ्यालुएसन स्वीकृत सँगै प्राथमिक शेयर निष्काशन गर्ने बाटो खुला भएको छ । 


कम्पनीले भ्यालुएसन अनुसार वित्तीय विवरण तयार पारेर समितिमा स्वीकृतिका लागि पठाउन सक्ने छ । उक्त लेखापरिक्षण प्रतिवेदन पारित हुने वित्तीकै कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि रेटिङ एजेन्सीमा इस्युअर रेटिङका लागि पठाउनेछ । एक्चुरिअरी भ्यालुएसन स्वीकृत भए सँगै कम्पनीहरुले सबैभन्दा पहिला बीमितहरुका लागि बीमा पोलिसीको बोनसदर घोषणा गर्नेछ । बीमा कम्पनीहरुका लागि एक्चुअरी भ्यालुएसन सबैभन्दा महत्वपुर्ण काम हो ।


समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको १०÷१५ दिन भित्रमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण तयार पार्न सक्छन् । सो वित्तीय विवरण स्वीकृतका लागि पुनः बीमा समितिमा पठाउनु पर्छ । समितिले यसमा केहि कमिकमजोरी भेट्यो भने थप संसोधनका लागि कम्पनीमा पठाउछ । यदि प्रतिवेदनमा कुनै पनि कमिकमजोरी भेटिएन भने ७÷१० दिनमा समितिले पनि स्वीकृत गर्छ ।


त्यस पछि मात्रै बल्ल कम्पनीहरुले साधारणसभा आह्वान गर्न पाउछन् । यसै क्रममा कम्पनीले साधारणसभाबाट लेखापरिक्षण प्रतिवेदन पारित गरि प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पठाउन सक्ने छन् । यस हिसावले अगाडि बढ्यो भने कम्पनीले चैतसम्ममा प्राथमिक शेयर निष्काशन गर्न सक्ने देखिन्छ । 
नेपालको जीवन बीमा बजारमा २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको सबैभन्दा कान्छो कम्पनी हो ।  

प्रतिक्रिया