धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

काठमाडौं - धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १९ जनाको आवेदन परेको छ। अन्तिम दिनसम्ममा सो संख्याको आवेदन परेको हो।

बोर्डकाे अध्यक्षको प्रतिस्पर्धामा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।

अन्य प्रतस्पर्धीहरुमा सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।कृष्णबहादुर कार्की हाल नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत हुन् भने थपलिया नेप्सेकै पूर्वमहाप्रबन्धक हुन् । 

रामकृष्ण खतिवडा पूर्वाधार विकास बैंकका र कृष्णबहादुर अधिकारी नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया