काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जिल्लाको नेतृत्व चयन सुरु भएको छ । कांग्रेस भित्र मुख्यगरी दुई समूहबीच प्रतिस्पर्धा भैरहेका बेला रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिमा खाता खोलेको छ ।
१४ औं जिल्ला सभापतिको रूपमा रोमी गौचन थकाली निर्विरोध चयन भएका छन् । मुस्ताङ कांग्रेसको जिल्ला सभापतिमा थकाली सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शनिवार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चुनेको छ । थकालीको विपक्षमा कसैले पनि उम्मेदवारी दिएनन् । थकाली पूर्व मन्त्री पनि हुन् ।