जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी

जुम्लामा प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्। 

उनले २२ हजार ८१९ मत ल्याएर जितेका छन्। 

उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमसँग प्रतिस्पर्धा गर्दै थिए। गोमाले ११ हजार ९५९ मत प्राप्त गरेकी छन्।

उनीहरूबीच १० हजार ८६० मतान्तर छ।

प्रतिक्रिया